रोनाल्डोको भविष्यवाणी : यो खेलाडीले जित्नेछन् बालोन डि’ओर
रियो, जेठ १५ – ब्राजिलका लिजेन्डरी फरवार्ड रोनाल्डोले यो सिजन लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । तर, २०१७ को बालोन डि’ओर रियल म्याड्रिडका फरवार्डले जित्ने भविष्यवाणी गरेका छन् ।
आफ्नो करियरमा रोनाल्डोले आफै तीन पटक वर्ष खेलाडीको उपाधि जितेका थिए ।
पछिल्ला ९ वर्षमा बालोन डि’ओर उपाधिमाथि मेस्सी र रोनाल्डोले अधिपत्य जमाउँदै आएका छन् । जसमा ५–४ को अन्तरले मेस्सी अगाडि रहेका छन् ।
यसवर्ष यो उपाधि जिते रोनाल्डोले चीर प्रतिद्वन्द्वी मेस्सीसँग बराबरी गर्नेछन् ।
फक्स स्पोर्टसँग कुरा गर्दै उनले भने, ‘यो वर्ष म विजेताको रुपमा क्रिस्टियानो रोनाल्डोलाई छनौट गर्छु ।’
‘पछिल्लो दुई वर्ष उनी निर्णायक बन्ने गरेका छन् । उनी च्याम्पियन्स लिगका धेरै खेलहरुमा निर्णायक भूमिकामा रहेका छन् । उनको अंकलाई वेवास्ता गर्न सकिँदैन,’ रानोल्डोले भने ।
क्रिस्टियानो रोन्लाडेले यो सिजन सबै प्रतियोगिताहरुमा ४० गोल गर्दै रियल म्याड्रिडलाई ला लिगाको उपाधि दिलाएका छन् भने अर्को च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् ।
उता, मेस्सीले यो सिजन आफ्नो गोलसंख्या ५४ पुर्याउँदै बार्सिलोनालाई कोपा डेल रेको उपाधि दिलाएका छन् ।
को उत्कृष्ट भन्ने विषयमा भने उनले दुवैलाई उत्तिकै सम्मान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण