शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सडक दुर्घटनामा दुई भागमा काटिइन् किशोरीः भनिरहिन्, ‘मम्मी आइ लभ यु, मलाई बचाउनुहोस्’

सोमबार, १५ जेठ २०७४, १७ : १२
सोमबार, १५ जेठ २०७४

आजतक

जेठ १५ – आज हामी तपाईंलाई दुर्घटनाको यस्तो खबरबारे जानकारी दिँदै छौं जसले तपाईंलाई बिक्षिप्त बनाउँछ । स्रोतका अनुसार मेरठको सडक दुर्घटनामा एक किशोरी दुई भागमा काटिइन् । उनको सास चलिरहेको थियो र पटक–पटक भनिरहेकी थिइन्, ‘मम्मी आइ लभ यू, मलाई बचाउनुहोस्’ । उनी तड्पिरहेकी थिइन् । आमा बिलौना गरिरहेकी थिइन् तर वरिपरिका मानिसहरुभने मोबाइलबाट उनको दर्दनाक स्थितीको भिडियो बनाइरहेका थिए ।

मेरठको सडकमा घटेको यो दुर्घटनाको तस्बिर निकै भयानक छ तर उक्त दुर्घटना यस्तो थियो जहाँ एक किशोरीको शरिर दुई भागमा भएको थियो । आमा चिच्याउँदै ‘छोरी छोरी’ भनिरहेकी थिइन् भने किशोरी रोकिन लागेको सासले ‘मम्मी, आइ लभ यु’ भनिरहेकी थिइन् ।

दुर्घटना निकै दर्दनाक छ – मेरठको हापुड रोड शास्त्रीनगरमा भएको सडक दुर्घटना निकै भयानक छ । १० कक्षामा पढ्ने कनक वर्मा सडक दुर्घटनाको शिकार भएर दुई टुक्रा भइसकेकी थिइने । आमाले दुर्घटनाबारे जानकारी पाउने बित्तिकै बेजोड रुपले घटनास्थल आइपुगिन् र छोरीलाई क्षतविक्षत अवस्थामा देखेर चिच्याउन थालिन् ।

कनक वर्माको धड्कन चलिरहेको थियो । उनी आफ्नी आमा नजिकै जान कोसिस गरिरहेकी थिइन् । किशोरीले पटक पटक भनिरहेकी थिइन्, ‘मम्मी आइ लभ यु । मलाई बचाउनुहोस् ।’ ट्युशन पढ्न गइरहेकी कनकलाई ट्रकले किचेको थियो । कनक आफ्ना हजुरबुवासँग स्कूटीमा ट्युशन जाँदै थिइन् । अचानक उनको शरिर ट्रकको चक्का मुनी पर्यो । उनको शव ३० मिनेटसम्म सडकमा यत्तिकै रह्यो ।

घटना २४ मे (पाँच दिन अघि) बेलुकीतिरको हो । आधा घण्टासम्म तड्पिएपछि कनकी आमा र भाइले उनलाई अस्पताल पुर्याए । तर केही समयपछि उनको मृत्यु भयो ।

ती किशोरी आधा घण्टासम्म सडकमा तड्पिँदा उनलाई कसैले पनि अस्पताल लाने कोसिस गरेनन् न त कसैले एम्बुलेन्सलाई नै फोन गरे । सबैजना फोनबाट भिडियो बनाउन व्यस्त भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप