बजेट भाषणः पुनर्निमाणका लागि १ खर्ब ४६ अर्ब १८ करोड
काठमाडौं, जेठ १५–अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक बर्ष २०७४/०७५ मा भूकम्पपछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्ब १८ करोड बजेट प्रस्तुत गरेका छन् ।
संसदमा नयाँ आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै मन्त्री महराले भूकम्पपछिको पुनर्निमार्णलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । उनले तोकिएको समयमा पुनर्निमार्ण सम्पन्न गर्ने बताउदै यसको प्रक्रिया सरलीकरण बताएका छन् । ब्यक्तिका आवास पुनर्निमार्णका लागि तेश्रो किस्ताको अनुदान बितरण गर्ने, भूकम्पपीडितको सूचिमा पर्न नसकेकाहरुको गुनासो सुन्ने कार्यलाई अघि बढाँउने जानकारी दिए । यस्तैभूकम्पले ध्वस्त पारेको धार्मिक सांस्कृतिक सम्पदा पुननिर्माणमा स्थानीय र मौलिक सामग्री प्रयोगमा जोड दिने बताए ।
यस्तै भूकम्प प्रभावित क्षेत्रका ग्रामिण सडक सुधार गरिने, स्थानीय तहमा आवश्यक प्राविधिक परिचालन गरिने, सार्वजनिक कार्यालय तथा घर अपाङ तथा लैङिक मैत्री बनाइने, स्वास्थ्य संस्था २ बर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने, भूकम्प सम्बन्धि अध्ययनको ब्यवस्था गर्ने लगायतका विषयमा बजेटमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
-
प्रदेश सरकार फेरबदलको परिघटना अवाञ्छनीय र दुःखद : नारायणकाजी श्रेष्ठ
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण