शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कपिलवस्तुका १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय

मङ्गलबार, १६ जेठ २०७४, ०८ : ११
मङ्गलबार, १६ जेठ २०७४
-चुरामणि अर्याल जेठ १६, कपिलवस्तु - दोस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले सक्रियता बढाएको छ । कपिलवस्तुका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृत विश्व मंगल आत्रेय र प्रमु्ख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले संयुक्त रुपमा यशोधरा गाउंपालिकाको कार्यालय वैदौलीमा उद्घाटन भएपछि जिल्लाभर निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरी घिमिरेले जानकारी दिए । जिल्लाका १० स्थानिय तहमा २,८६,५४८ मतदाता रहेका छन् । सबैभन्दा धेरै बाणगंगा नगरपालिकामा ४६,७३१, र सबै भन्दा कम बिजय नगर गाउँपालिकामा १७,०५७ मतदाता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप