शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

डोल्पाका कैदीबन्दीलाई कम्प्युटर प्रदान

बुधबार, १७ जेठ २०७४, ११ : ३२
बुधबार, १७ जेठ २०७४
डोल्पा, जेठ १७– डोल्पास्थित जिल्ला कारागारका कैदीबन्दीहरुलाई टेलिभिजनसहित हेर्न मिल्ने कम्प्युटर सेट प्रदान गरिएको छ । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले कैदीबन्दीलाई कम्प्युटर सेट र कम्प्युटर हार्डडिक्समा जैविक बिविधता संरक्षण सम्बन्धि भिडियो कार्यक्रमहरु राखेर प्रदान गरिएको निकुञ्जले जनाएको छ । कैदीबन्दीहरुले खाली समयको उपयोग गर्दै कम्प्युटर हार्डडिक्समा राखिएको भिडियो कार्यक्रमहरु हेरेर मनोरञ्जनकासाथ जैविक बिविधता संरक्षण शिक्षा सम्बन्धि जानकारी पाउने र यसबाट जैबिक बिविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले बताए । जिल्ला कारगार डोल्पामा १८ जना कैदी १२ जना बन्दीहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप