देबी ज्ञवालीलाई विजयी घोषणा गर्ने एमालेले दियो संसदबाट धम्की
बुधबार, १७ जेठ २०७४, १२ : ४०
काठमाडौं, जेठ १७ – प्रमुख प्रतिपक्ष दल एमालेका कारण आजको व्यवस्थपिका संसद बैठक कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।
बैठक सुरु भएलगत्तै एमाले सांसद सुरेन्द्र पाण्डेले गत बैशाख ३१ गते भएको स्थानीय निर्वाचन अन्र्तगत भरतपुर महानगरमा भएको मत गणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यायातेको विषयलाई लिएर रोकिएको मतगणना अविलम्ब सुरु गर्नुपर्ने माग गरे ।
उनले एमाले उम्मेदवार जितको नजिक पुगेका वेला नतिजा प्रभावित पार्ने गरी मतपत्र च्यातेर गलत गरिएको आरोप लगाए ।
उनले मतगणना केन्द्र कव्जा नभएको दावी गर्दै नियामावली अनुसार च्यातिएको मत्रपत्र जोडेर गन्ने व्यवस्था गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरे । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले तथ्यलाई बङग्याएर कव्जा भनिएको भन्दै भरतपुर घटनालाई जनताको सार्वभौम अधिकारको बलात्कारको संज्ञा दिए ।
उनले आयोग र सरकारले भरतपुर घटनाप्रति बेवास्ता गरे एमाले आफैले एमाले उम्मेदवार देबी ज्ञवालीलाइ विजय भएको घोषणा गर्ने र अन्यथा आगामी दोस्रो चरणको स्थानीय तहको चुनाव नै नहुने धम्की दिए ।
साथै उनले सरकार र निर्वाचन आयोगले त्यसबारे निर्णय नगर्दासम्म संसद बैठक चल्न नदिने बताए । पाण्डे बोलेलगत्तै एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेका थिए ।
सभामुख ओनसरी घर्तीले विपक्षी सांसदहरुलाई आसन ग्रहण गर्न पटकपटक आग्ह गरेपनि नबसेपछि बैठक बिहीबार १ बजेसम्मका लागि स्थगित गरेको घोषणा गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अप्ठ्यारो संसदीय अंकगणित, उपधारा-५ बाट तेस्रो मुख्यमन्त्री को ?
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण