नेवारी भाषामा लिए काठमाडौं महानगरका मेयर र उपमेयरले सपथ
काठमाडौं, जेठ १७– काठमाडौं महानरपालिकाको नवनिर्वाचित मेयर र उपमेयरले आज पद तथा गोपनियताको सपथ खाएका छन् । राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत मेयरमा निर्वाचित विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए ।
उनीहरु दुबैले नेवारी भाषामा सपथ खाएका थिए । शाक्य एमालेबाट मेयरमा निर्वाचित भएका हुन् भने खड्की नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।
यस्तै काठमाडौं महानगरका ३२ ओटै बडा अध्यक्षले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।
मेयरको सपथ लिएपछि विद्यासुन्दरले के के भने ?
सपथग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै शाक्यले भने– – निर्वाचन भएर देशले नै जितेको । माला लगाउने मात्रै जितेको होइन । धेरै अन्योलताका बीच पनि चुनाव भयो त्यो ठूलो कुरा हो ।
–चुनाव हुनु नै दलहरुको जीत भएको छ । जनताहरु चुनावका लागि राजनीतिक दल भन्दा पनि अग्रसर थिए ।
– सबैलाई सँगसँगै मिलाएर लैजान्छु । पराजितहरु कसैप्रति आग्रह पूर्वाग्रह राख्ने छैन । रञ्जु दर्शनालगायत सबैलाई मिलाएर लैजान्छु । महानगरपापलिकालाई ध्वच्छ, सुन्दर र समृद्ध बनाउँछु ।
सपथ ग्रहण समारोहमा स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारहरु विवेकशील नेपालकी रञ्जु दर्शना, नयाँ शक्ति पार्टी, नेपालका पवित्र बज्राचार्य लगायतको पनि उपस्थिति रहेको थियो ।
आजै शाक्यले काठमाडौं महानगरपालिका कार्यालयमा गएर पदभार गर्ने कार्यक्रम रहेको छ ।
तस्विरमा हेर्नुहोस् काठमाडौं महानगरका विजेताहरुको भव्य सपथग्रहण समारोह (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण