शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न काम सुरु

बुधबार, १७ जेठ २०७४, १३ : ३३
बुधबार, १७ जेठ २०७४

 

बनियानी (झापा), १७ जेठ । मेची पुललाई हुलाकी राजमार्गसँग जोड्न सडक विभाग र हुलाकी राजमार्ग आयोजनाले काम सुरु गरेको छ । आयोजनाले मेची पुल आसपास पुगेर अध्ययन गरी जग्गा अधिग्रहणको काम अघि बढाएको हो । हुलाकी राजमार्गलाई मेचीपुलसँग जोड्न पहिलोचरणमा पुलदेखि दुई सय ४० मिटर सडक सर्वेक्षण गरिएको सो आयोजनाको इटहरीस्थित कार्यालय इन्जिनियर उपेन्द्र दासले जानकारी दिए ।

“३० मिटर चौडा सडक निर्माणका लागि २६ घरधुरीको जग्गा अधिग्रहण गर्नुपर्ने देखिन्छ” उनले भने , “त्यसमध्ये चार वटा सरकारी जग्गा पनि परेको छ ।” जिल्ला प्रशासन कार्यालयको निर्णयबमोजिम कालोपत्रे सडकले छोएको जग्गाका धनीलाई प्रतिधुर रु दुई लाख र सडकले नछोएको घरधनीलाई प्रतिधुर रु एक लाख ७५ हजारका दरले मुअब्जा दिइनेछ । जग्गा अधिग्रहण गर्दा सबै जग्गा बाटोमा पर्ने घरधनीलाई भने २० प्रतिशत थप गरी मुआब्जा उपलब्ध गराइने इन्जिनियर दासले बताए । मुआब्जाका लागि सम्बन्धित घरधनीले भद्रपुर नगरपालिकामा निवेदन दिइसकेको र सोहीअनुसार रकम उपलब्ध गराइने भएको छ । अधिग्रहणका क्रममा परेको घरको मूल्याङ्कन दोस्रो चरणमा रकम उपलब्ध गराइने बताइएको छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप