बजारमा चमेली बनेकी प्रियंकाकै चर्चा
काठमाडौं, जेठ १७ – यो मनमा खेल्न खोन्छौ बहेली मातेर झुकाउदै परेकी मै क्याली सबैलाई क्या प्यारी अधेरीका देख्छौ उजेली म त चमेकी ,म त चमेली, म त चमेली पछिल्लो समय बालकदेखि बृद्धासम्मको मुखमा भुन्डिन सफल यो गीत हो चलचित्र ‘लालटिन’को । गीतमा अभिनेत्री प्रियंका कार्कीले हट एण्ड सेक्सी नृत्य प्रस्तुत गरेकी छन् । चलचित्रको यो आइट गीत पनि हो । यही गीतका कारणले पनि चर्चामा रहन सफल ‘लालटिन’ भित्र अन्य केही राम्रा गीत पनि रहेको बताइएको छ ।
अभिनेत्री प्रियंकाले पनि चलचित्र आफ्नो लागि बिशेष रहेको बताउदै आएकी छन् । केही पहिले निर्माण युनिटले आयोजना गरेको एक कार्यक्रममा पनि उनले लालटिनले आफ्नो अभिनय करियरमा उचाही थप्ने बताएकी थिइन् ।
यही २६ जेठ प्रदर्शन मिति तय भएको चलचित्रमा अभिनेत्री प्रियंका अभिनेता दयाहाङकी चमेली बनेकी छन् । चलचित्रमा दयाहाङ राई, केकी अधिकारी, भानु प्रताप लगायत कलाकारको समेत अभिनय रहेको छ । यी सबै कलाकारले बिभिन्न चलचित्र मार्फत आफु राम्रो कलाकार भएको प्रमाणीत गरिसकेका छन् । चलचित्रको प्रोमोले पनि दर्शकको मनजित्न सफल भएको छ ।
देवकुमार श्रेष्ठले निर्देशन गरेको यो चलचित्र अभिनयमा भिलेको रुपमा आफुलाई स्थापित गरेका भानु प्रतावको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रमा हरि घले लामाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका निर्माता अनिम श्रेष्ठ र राज केसी हुन् । मनोज राजभण्डारी र दीपक श्रेष्ठ सह निर्माता रहेको चलचित्र एमसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण