संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सक्न राज्य व्यवस्था समितिको माग
बुधबार, १७ जेठ २०७४, १३ : ३८
काठमाडौ, जेठ १७ –सांसदहरुले विशेषज्ञहरुको सुझाव लिएर संघीय प्रशासनिक पुनर्संरचनाको काम छिटो सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । बुधबार बसेको व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसदहरुले संघीय पुनर्संरचनाको कामलाई राजनीतिक भागबण्डाको विषय नबनाउन पनि सरकारलाई सचेत गराएका छन् ।
काँग्रेस सांसद इश्वरी न्यौपानेले आवश्यक्ताको आधारमा संघीय, प्रदेश र स्थानीय तहमा जनशक्तिको व्यवस्थापन गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले सामाजिक न्यायका लागि सामाजिक मन्त्रालय बनाउनु ठिकै हुने धारणा समेत राखे ।
एमाले सांसद गंगालाल तुलाधरले संघहरुमा गठन हुने सरकारको आकार सानो हुनुपर्ने बताए । उनले स्थानीय तहमा जनप्रतिनिधिहरु व्यवस्था भईसकेकाले सोही अनुसारको कर्मचारीको व्यवस्था गर्न ढिलाई नगर्न सरकारसँग माग समेत गरे ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रशासनिक पुनर्संरचनाको कामलाई राजनीतिक भागबण्डाको आधारमा सम्पन्न गर्ने काम नगर्न सरकारलाई सुझाव दिए । उनले कर्मचारी तन्त्रलाई जनमुखि सेवा दिने कसरी बनाउन सकिन्छ भन्ने विषयमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औल्याएका थिए ।
सरकारले समितिमा पेश गरेको संघीय प्रशासनिक पुनर्संरचना समितिको प्रतिवेदनमा राजनीतिक दलहरुले दिएको सुझावलाई मुख्य आधार बनाएर प्रशासनिक पुनर्संरचना गर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण