सडकमा ट्राफिक प्रहरीको धराप ! यसरी गरिँदैछ धमाधम कारबाही (फोटो फिचर)
काठमाडौँ, जेठ १७– नियमविपरीत बाटो काट्नेलाई ट्राफिक प्रहरीले धमाधम कारबाही गर्न थालेको छ । तर सर्वसाधारणले नियम लागू गर्नु सकारात्मक भएपनि राजधानीका सडकमा पर्याप्त फुटपाथ नभएको, जेब्रा क्रसिङ र ओभरहेड ब्रिज पनि नभएकोलगायतका गुनासो गर्दै पर्याप्त तयारीबिनै प्रहरीले धराप थाप्ने काम गरेको आरोप लगाएका छन् । यस्तै पर्याप्त तयारीबिनै प्रहरीले नियम लागू गरेको भन्दै सामाजिक सञ्जालमा समेत आलोचना भएको छ ।
जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने तथा जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषण गरेअनुरुप मंगलबारदेखि कारबाही थालिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङमार लामाले बताए । मंगलबार मात्रै प्रहरीले तीन हजार ३४८ जना पैदल यात्रुलाई कारबाही गरेको थियो ।
सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न अभियान सुरु गरिएको उप्रको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण