शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्रम्पले ट्वीटरमा लेखे ‘covfefe’: मानिसले सोधे, ‘राजिनामा दिँदैछौ ?’

बुधबार, १७ जेठ २०७४, १५ : ३१
बुधबार, १७ जेठ २०७४

एजेन्सी

जेठ १७ – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सधैं चर्चाको विषयमा बन्ने गर्दछन् । केही दिन अघि उनले प्रत्यक्ष कुराकानी गर्नका लागि संसारका थुप्रै ठूला नेताहरुलाई आफ्नो फोन नम्बर दिएको खबर सार्वजनिक भएको थियो । यसैबिच बुधबार बिहान उनले एक ट्वीट गरेका छन् जसको निकै चर्चा भइरहेको छ । हुन त ट्रम्पको ट्वीट कहिले नै चर्चा बाहिर रह्यो र, तरपनि यसपटकको ट्वीट भने अलि विशेष छ जसबारे विभिन्न अड्कलबाजी गरिँदै छ ।

उनले बुधबार बिहान ट्वीट गरेका छन्, ‘लगातार विरोधी प्रेस covfefe का बाबजूद...’ (Despite the constant negative press covfefe) , यो ट्वीटबारे विभिन्न कयास लगाइँदैछ । ट्रम्पको यो ट्वीट केही घण्टाभित्रै भाइरल भयो र यसलाई १ लाखभन्दा बढिपटक रिट्वीट गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको यो ट्वीटपश्चात् मानिसहरुले विभिन्न प्रकारका ट्वीट गरेका छन् । उनको प्रयोग गरेको एक शब्दमाथि मानिसले निकै चासो व्यक्त गरिरहेका छन् र आफ्नै तरिकाले अथ्र्याइरहेका पनि छन् । कोहीले भने डोनल्ड ट्रम्पले राजीनामा दिन लागेका छन् भनी भनिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप