हतियार प्रहार गरी युवकको हत्या
बुधबार, १७ जेठ २०७४, १५ : ४४
लहान, १७ जेठ । सिरहा नगरपालिका–४ रमौलस्थित सडकमा धारिलो हतियार प्रहार गरी आज बिहान एक युवकको हत्या भएको छ ।
सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर निवासी ३४ वर्षीय शत्रुधन यादवलाई धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धारिलो हतियार तीन–चार पटक एकै ठाउँमा प्रहार भएका कारण मृतकको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए ।
घटनालगत्तै सोधपुछका लागि केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको हुँदा घटनाको सत्य कुरा छिट्टै पत्ता लाग्ने प्रहरी उपरीक्षक कोइरालाले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण