कटहरिया झाँझपुल सडक कालोपत्रे निर्माण प्रक्रिया सुुुरु
बुधबार, १७ जेठ २०७४, १६ : ०८
रौतहट जेठ १७ – रौतहटको परेसानी कटहरिया सडकको कालोपत्रे हुने भएको छ । सो सडकमा टेण्डर प्रक्रियाबाट कालोपत्रे गर्न बुधवारबाट प्रक्रिया सुरु भएको हो ।
सांसद सुनिल यादव, सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनियर शुभाष दत, ठेकेदार कम्पनी कन्काई इन्टर नेशनल बिल्डर्सका प्रतिनिधि तथा स्थानीयको रोहवरमा बाटो र नाला निर्माणको सर्भे गरिएको छ ।
भ्याटसहित कुल १० करोडको लागतमा निर्माण हुने बाटो र नालाको सर्भेमा तिन चार दिन लाग्छ र सर्वे सकिन्ना साथ झाँझपुल कटहरिया सडकखण्डमा ६ स्थानमा कल्भर्ट र सोही हाराहारीमा हयुमपाईप जडानको काम शुरुहुने साईड इन्जिनियर सुभाष दत्तले बताए ।
कलभर्ट निर्माण र हयुमपाईप जडानपछि ग्राभेल राखिने र कालोपत्रेको काम शुरु हुने इन्जिनियर दतले जानकारी दिए ।
दशकौंदेखिको बाटोका समस्या समाधान हुन लागे पछि स्थानीयहरु खुशी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण