नयाँ बजेटलाई पुँजी बजारको स्वागत
बुधबार, १७ जेठ २०७४, १६ : १५
काठमाडौं, जेठ १७– आर्थिक बर्ष २०७४/०७५ को बजेटलाई पूँजी बजारले स्वागत गरेको छ । बजेट भाषणपछि बुधबार भने बजारमा अधिकाशं समूहको सूचक हरियो भएको छ ।
आज बजार दोहोरो अंकले उकालो लागेको छ । एक सय ४४ कम्पनीको सेयर कारोवार भएको बुधबार बजार १३ दशमलव ६८ अंकले उक्लिएको छ । दिनभर ११ लाख ५३ हजार ४ सय ९४ कित्ता सेयर किनवेच भएको वजारमा ६७ करोड ९३ लाख ५४ हजार ७२ रुपैयाँको कारोवार भएको छ ।
बुधबार नेप्से र सेन्सेटिप इन्डेक्स दुवै हरियो भएका छन् । बैकिङ समूहको सूचक ९ दशमलव ४१ अंकले वढेको छ भने होटल समूहको सूचक १९ दशमलव ९८, विकास बैंक समूहको सूचक २० दशमलव ९ र जलविद्युत समूहको सूचक १८ दशमलव ०७ अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस्तै, बुधबार फाइनान्स समूहको सूचक १ दशमलव ३२, बीमा समूहको सूचक १२१ दशमलव ४१ र अन्य समूहको सूचक ८ दशमलव ३९ अंकले वढेको छ । वजारमा उत्पादनमुलक समूहको सूचक भने ४ दशमलव ६१ अंकले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण