रानी जमरा कुलरियाको ६४ प्रतिशत काम पूरा
धनगढी, १७ जेठ । कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरबको रानी जमरा कुलरिया सिँचाइ आयोजना निर्माण क्षेत्र बलचौरमा बसोवास गराइएका मुक्तकमैयालाई जग्गाको सट्टा भर्ना दिई अन्यत्र पुनःस्थापित गरिएको छ ।
बलचौरको मुक्तकमैया बस्ती हुँदै आयोजनाको मूलनहरको निर्माणका लागि रेखाङ्कन गरिएपछि यसअघि नहर निर्माणमा केही समस्या उत्पन्न भएको थियो । सो क्षेत्रमा बसोवास गराइएका १६ मुक्तकमैया परिवारलाई नजिककैको काटाँक्षे गाउँमा जग्गा खरिद गरी पुनःस्थापित गराइएछि मूलनहर निर्माणमा देखिएको समस्या समाधान भएको छ ।
मुक्तकमैयालाई प्रतिपरिवार दुई कठ्ठा जग्गा उपलब्ध गराएको छ । मुक्तकमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूलनहरको रेखाङ्कन भएको, तथा निर्माणस्थलमा परेका रुख कटानीका लागि गर्नुपर्ने प्रक्रियामा भएको ढिलाइलगायत कारण आयोजना तोकिएको समय आव २०७३/७४ मा निर्माण सम्पन्न गर्न ढिलाइ भएको सो आयोजनाका इन्जिनियर मनिस महर्जनले बताए।
कर्णाली मुहान भएको सो आयोजनाको निर्माण कार्य हालसम्म करिब ६४ प्रतिशत पूराभएको उनको भनाइ छ । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको उक्त आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण पूरा गरेको छ ।
इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूलनहर तथा ‘सेटलिङ्क बेसिनको अधिकांश काम पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहरलगायत काम भइरहेको छ । आव २०७४/७५ को अन्त्यसम्ममा निर्माण पूरा भई नहरमार्फत् पानी दिने लक्ष्य रहेको इन्जिनियर महर्जन बताउँछन् ।
सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धन कार्य गर्ने लक्ष्य रहेकोमा हालसम्म २१ किलोमिटर लामो भागमा तटबन्धनको काम पूरा भएको छ । मूलनहर निर्माणको दोस्रो प्याकेज अन्तर्गत निर्माण भइरहेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको रहेको छ ।
आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित साविकका पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिपुर, नारायणपुर, मुनुवा गाविसको झन्डै २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । नेपाल सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदान समेत गरी रु १२ अर्ब ६३ करोड २१ लाखको लागतमा सो आयोजना निर्माण भइरहेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण