झापाका ४८ मतदानस्थल ‘अति संवेदनशील’
बुधबार, १७ जेठ २०७४, १६ : ३८
झापा, जेठ १७ – स्थानीय तह चुनावका लागि झापामा निर्धारण भएका २ सय ८३ मतदान स्थलमध्ये ४८ वटा केन्द्रलाई सुरक्षा निकायले ‘अति संवेदनशील’ क्षेत्रको सूचीमा राखेको छ ।सुरक्षा चुनौतिको दृष्टिले झापाका जिल्लाका ४८ वटा मतदानस्थलहरु ज्यादै संवेदनशील रहेको निष्कर्षमा सुरक्षा निकाय पुगेका हुन् ।
प्रहरीले मतदानस्थलको संवेदनशीलताको अध्ययन गरेर मतदानस्थललाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्रहरीका अनुसार अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका रुपमा वर्गीकरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माका अनुसार जिल्लामा थप ९६ वटा मतदानस्थल संवेदनशील र १ सय ३९ वटा सामान्य अवस्थाका छन् । चुनाव विरोधी गतिविधि बढी हुने र निर्वाचन बहिष्कारवादी दलको बाहुल्य रहेका क्षेत्रमा रहेका मतदानस्थललाई प्रहरीले अति संवेदनशील मतदानस्थलको रुपमा राखेको छ ।
यस्ता केन्द्र जिल्लाका उत्तरी भूभाग र सुदुर दक्षिणमा बढी छन् । प्रहरीले स्थानीय तह निर्वाचनको विरोधमा रहेका विभिन्न राजनीतिक दल, संघ संस्थाप्रति बढी निगरानी पनि बढाउने तयारी पनि गरेको छ । सुरक्षा चुनौतीको पूर्व आंकलन गरेर जिल्लामा पर्याप्त सुरक्षा प्रबन्ध मिलाइसकेको, उम्मेद्वार र मतदातालाई ढुक्क भएर मत हाल्ने व्यवस्था गर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक शैलेस थापा क्षेत्रीले बताए ।
निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५० नेपाल प्रहरी, २ हजार १ सय १४ जना म्यादी प्रहरी परिचालन हुने छन् । त्यसपछि सशस्त्र, राष्ट्रिय अनुसन्धानलगायत सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन हुने छन् । प्रहरीका अनुसार निर्वाचनमा तीन वटा सुरक्षा घेरा रहने छ । निर्वाचन सुरक्षाका लागी सीमा क्षेत्रका समकक्षीहरुसंग समेत बसेर छलफल र विभिन्न चरणमा बैठक गर्ने जिल्ला प्रशासन कार्यालयको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण