शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रसियाको यो मिसाइलले पूरा संसार चकितः बनायो अहिलेसम्मकै सबैभन्दा खतरनाक क्षेप्यास्त्र

बिहीबार, १८ जेठ २०७४, ११ : ५४
बिहीबार, १८ जेठ २०७४
एजेन्सी

जेठ १८ – रसियाले आफ्नो अहिलेसम्मको सबैभन्दा अधुनिक क्षेप्यास्त्रको सफल परिक्षण गरेको छ । करिब ४ हजार ६ सय किलोमिटर प्रतिघण्टाको गतीमा उड्ने यो मिसाइलमाथि पछिल्लो थुप्रै वर्षदेखि काम चलिरहेको थियो । यसको सफल परिक्षण सन् २०१६ को जुलाई ३० मा व्लादिवोसतोक पोर्टबाट गरिएको थियो । त्यतिबेला यसको गती ३ हजार ८ सय प्रतिघण्टा थियो भने त्यतिबेलादेखि यसको गती बढाउने काम चलिरहेको थियो । मिडिया रिपोर्टका अनुसार यो मिसाइल परिक्षणले अमेरिकासहित नेटो देशको धड्कनको गती बढाइदिएको छ ।

एकपटक उडेपछि कुनै मिसाइल डिफेनस सिस्टमले रोक्न सक्दैनः ‘जिरकोन’ नामको यो हाइपरसोनिक एन्टी–शिप मिसाइलको फोटो रसियन नेवीले जारी गरेको छ । रसियन मिलिट्रि एनालिष्ट व्लादिमिर तुचकोवका अनुसार यो मिसाइलको गती यति धेरै छ कि यसलाई कुनै पनि मिसाइल डिफेन्स सिस्टमले रोक्न सक्दैन । यदि यो रडारको पकडमा आयो भने यसलाई दुश्मनले सम्हाल्नुभन्दा पहिले नै हमला गरिसकेको हुन्छ । त्यसैले यसको अगाडि संसारभरीे अहिलेसम्म बनेको आधुनिक मिसाइल डिफेन्स फेल छन् । तुचकोवका अनुसार यदि यसलाई कुनै प्रकारले रोक्न सकियो भने पनि यसको भग्नावशेषले त्यो इलाकाको थुप्रै किलोमिटरसम्मको स्थानमा क्षती पुर्याउँछ । त्यसकारण यो मिसाइल एकपटक उड्ने बित्तिकै विनास निश्चित छ । यो मिसाइलको विषयमा रसियाली मिडियाको दाबी अनुसार यसको सफल परिक्षणले हाइपरसोनिक एन्टी–शिप मिसाइलको मामलामा अमेरिकालाई निकै पछाडि पारेको छ । गति सात हजार किलोमिटर प्रतिघण्टाको तयारीमा छ नेवी: रसियाली मिडिया ‘स्पूतनिक’ को रिपोर्ट अनुसार यसलाई सन् २०१८ सम्म नेवीमा समावेश गरिनेछ । यद्यपी, अहिले यसको स्पिड ७ हजार किलोमिटर प्रतिघण्टाको तयारीमा छ । यो मिसाइलमा स्क्रेमजेट इन्जिनको प्रयोग गरिएको छ जो हावाबाट अक्सिजनको प्रयोग गर्दछ । जसका कारण यो उड्ने बित्तिकै गती पक्रने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप