देउवालाई बाटो खुल्यो, राष्ट्रपतिद्वारा बहुमतीय सरकारका लागि आह्वान
काठमाडौं, जेठ १८– राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय आधारमा सरकार गठन गर्नका लागि आह्वान गरेकी छिन् । बिहिबार राष्ट्रपतिले संविधानको धारा २९८ को उपधारा (३) बमोजिम व्यवस्थापिका-संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
यसअघि राष्ट्रपतिले सहमतीय आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको एक साताको समयसीमा गएराती सकिएको थियो ।
भण्डारीले ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका(संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिका आधारमा ७ दिनभित्र प्रधानमन्त्रीको चयन गर्न आह्वान गरेपनि कुनै सहमति हुन सकेको थिएन ।
अब बहुमतीय प्रक्रिया सुरु भएसँगै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक गर्ने छ भने प्रधानमन्त्रीको दौडमा कांग्रेस सभापति शेरबहादुर देउवा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण