शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विश्व दुध दिवस : दुग्ध क्षेत्रको प्रवद्र्धनमा सरोकारवालाको जोड

बिहीबार, १८ जेठ २०७४, १३ : ३६
बिहीबार, १८ जेठ २०७४
ललितपुर, जेठ १८ –दुग्ध क्षेत्रको प्रवद्र्धन आर्थिक र सामाजिक रुपान्तरण भन्ने नाराका साथ विहिबार नेपालमा पनि विश्व दुध दिवस मनाईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजनमा दुधसँग सरोकार राख्ने पशुसेवा विभाग, पशु उत्पादन निर्देशनालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, दुग्ध विकास संस्थान, डेरी उद्योग संघ, नेपाल डेरी एसोसियस लगायतका निकाय र संस्थाले संयुक्त रुपमा विश्व दुध दिवस मनाएका हुन् । दिवसका अवसरमा बिहिबार ललितपुरको हरिहरभवनमा आयोजित कार्यक्रममा निजी क्षेत्रका दुग्ध व्यवसायीहरुले अझै पनि दुध आयात मा अपेक्षित ढंगले कमि आउन नसकेको भन्दै उत्पादन वृद्धिका लागि आकर्षित योजना ल्याउनुपर्नेमा जोड दिए । उनीहरुले उत्पादन लागत कम हुने कार्यक्रम ल्याएर किसानहरुलाई आकर्षित गरी उत्पादन बढाउनुपर्नेमा जोड दिएका हुन् । पछिल्लो तीन बर्षमा दुध उत्पादन राम्रो भएको भएपनि उत्पानको तुलनामा खपत बढी रहेकाले त्यसलाई सम्बोधन गर्ने गरी उत्पादन बढाउनुपर्नेमा दुग्ध व्यवसायीले जोड दिए । दुग्घ विकास संस्थानले पाउडर प्लाण्टको क्षमता वृद्धि गरेर मिल्क होलि डे को समस्या समाधान गरेको भएपनि निजी क्षेत्रका डेरीमा अझै सो समस्या कायम नै रहेको भन्दै निजी क्षेत्रका दुध व्यवसायीले सामुहिक रुपमा निजी क्षेत्र, सरकारी, सार्वजनिक तथा सहकारी क्षेत्रलाई समेटेर सरकारी श्रृण अनुदानमा पाउडर प्लाण्ट निर्माण गर्नुपर्ने आवश्यकता औल्याए । आन्तरिक उत्पादनले माग धान्न नसकेका कारण मुलुक अझै पनि दुधमा परनिर्भर छ । अहिले डेढ अरब बराबरको दुध र दुग्ध जन्य पदार्थको आयात हुदै आएको छ । नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ७० लिटर दुध उपभोग हुने गरेको तथ्याङ्क छ । कार्यक्रममा नेपाल डेरी एसोसियसनका अध्यक्ष सुमित केडियाले व्यवसायीले भुकम्प, नाकाबन्दी जस्तो समस्या भोग्दै आएको , कृषकको लागत बढ्दै गएको तथा तीन बर्ष यता दुधको मुल्य बढ्न नसकेको सन्र्दभमा सबैलाई सम्बोधन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइए । यनले आगामी आर्थिक बर्षका लागि चालु आर्थिक बर्षको भन्दा ३ अरब रुपैया बजेट कटौति गरिएको भन्दै आपत्ती जनाए । विश्व खाद्य सङ्गठनले सन् २००१ देखि अन्तराष्ट्रिय दुध दिवस मनाउन सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप