शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मिस टिन एसइइ २५ प्रतियोगी

बिहीबार, १८ जेठ २०७४, १३ : ३९
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८ – स्टार वन इन्टरटेनमेन्टले एसइई दिएर बसेका किशोरीहरुको प्रतिभा र व्यक्तित्व निखार्ने उदेश्यले आयोजना भएको प्रतियोगीता ‘मिस टिन एसइइ २०१७’का अन्तिम २५ प्रतियोगी प्रशिक्षणमा जुटेका छन् । प्रतियोगीलाई विभिन्न विषयमा नयाँ बानेश्वरस्थित होटल रानी महलमा २ महिने प्रशिक्षणमा दिइएको ब्यबस्थापक बालकृष्ण पोखरेलले जानकारी दिए । उनका अनुसार प्रतियोगिहरुलाई जुम्वा, स्विमिङ, कोरियोग्राफी, डान्स, कलेज प्रशिक्षण, ग्रुमिङ्ग, भिजिटिङ्ग कक्षासमेत प्रदान गरिएको छन् । प्रतियोगिताका विजेतालाई पुर्ण छात्रबृत्ती प्रदान गरिने आयोजक पूजा निरौलाले जानकारी गराएकी छिन् । दिपेन्द्र कार्कीको संयोजन र अश्विनी झाको कोरियोग्राफी रहने कार्यक्रम ४ अषाढमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप