तीन दिनमा प्रधानमन्त्री चयन गर्ने यस्तो हुन्छ कार्यसूचि
काठमाडौ, जेठ १८ – राष्ट्रपतिबाट बहुमतीय सरकार गठन गर्न आव्हान गरेसँगै संसद सचिवालय प्रधानमन्त्री निर्वाचनका लागि कार्यसुचि तय गर्न जुटेको छ ।
संसद सचिवालयका सहायक प्रवक्ता डिल्ली रिजालका अनुसार संसद सचिवालले विगतको परम्परालाई हेर्दै कम्तीमा तीन दिनको कार्यसुचि तयार गर्नेछ ।
सचिवालयले राष्ट्रपतिले बहुमतीय सरकार गठन गर्न आव्हान गरेको पत्र सभामुखले व्यवस्थापिका संसदमा पढेर सुनाएपछिमात्रै कार्यसुचि बनाउने छ ।
जसमा उम्मेदवारी, दावी विरोध, नामावली प्रकाशन र निर्वाचन रहने छन् । कार्यसूचि टाँसिएको तेस्रो दिन संसदबाट नयाँ प्रधानमन्त्री चयन हुनेछन् । विपक्षी एमालेको संसद अवरोधका कारण कार्यसूचि प्रभावित हुने हो कि भन्ने आंशका पनि गरिएको छ ।
संसद वैठक जेठ २१ गतेसम्मका लागि स्थगित भएको छ ।
संसद सचिवालयले विहिबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट बहुमतको आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने , अर्थमन्त्री कृष्ण बहादुर महराले आर्थिक बर्ष २०७४ ÷०७५को राजश्वर र व्ययको बार्षिक अनुमान माथि छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची तय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण