शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सडक बालकलाई स्याहार्न खोज्दा निरमायाले गुमाईन् ३ लाख

बिहीबार, १८ जेठ २०७४, १३ : ४५
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८– सड्कमा वेवारिसे अवस्थामा भेटिएको बालकलाई उद्धार गरेर लालन–पालन गर्न खोज्दा काठमाडौंको गोठाटारकी निरमाया ढुंगेलले अनाहकमा ३ लाख ३७ हजार गुमाएकी छिन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बस्ने निरमायाले चार दिनअघी बाटोमा बेवारिसे अवस्थामा फेला परेको १५ बर्षिय बालकलाई घरमा लगेकी थिईन् । स्याहार सुसार गरेर पढाउने उद्देश्यले घर लगेपनी गोपाल केसी नाम बताउने बालकले उल्टै घरमा कोही नभएको अवस्थामा निरमायाको धनमाल चोरेर फरार भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार केसीले नगद २ लाख र सुनको सिक्री २ तोला समेत गरि करिब ३ लाख ३७ हजार रुपैयाँ बराबरको धनमाल चोरेर फरार भएका छन् । उनको खोजी भईरहेको छ । यसैबिच, ललितपुर महानगरपालिका–१४ ताल्चीखेलस्थित डेरा गरी बस्ने ओखलढुङ्गा उबु–२ घर भएकी सिता कुमारी राईको कोठाबाट बुधबार कोही नभएको अवस्थामा करीब ४ लाख रुपैयाँ बराबरको सुनका गहना चोरी भएको छ । त्यस्तै ललितपुर महानगरपालिका हरिसिद्धी स्थित राजेश विष्टको घरबाट बुधबार कोही नभएको अवस्थामा सुनचाँदीका गहना र नगद समेत गरी १ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप