शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाली अपहरण गर्ने भारतीय समूह प्रहरी फन्दामा

बिहीबार, १८ जेठ २०७४, १४ : १४
बिहीबार, १८ जेठ २०७४

कर्ण चन्द डोटी, जेठ १८– बुधवार राति एक नेपालीलाई अपहरण गर्ने भारतीय समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालवहादुर आउजीलाई अपहरण गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपी प्रहरीले अपहरणकारी को थिए भन्ने खुलाएको छैन । मध्यराती अपहरण गर्ने ब्यक्तिहरु भारतीय भएकाे स्थानीयले बताएका छन् ।

स्थानीयबासीका अनुसार राती करीव दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य तीन जना भारतीयले घरमै सुतेका बेला लालवहादुरको अपहरण गरेका हुन् ।

‘प्रसादले मध्यरातमा ढोका ढक्ढक्याएपछि लालवहादुरकी श्रीमतिले ‘को हो भनी सोध्दा उनले आफ्नो परिचय दिएपछि ढोका खोलियो’ एक स्थानीयले भने ‘ढोका खोल्नासाथ उक्त समूह भित्र पसी लालवहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगे ।’ उनी भन्छन् ‘डोरीले हात खुट्टा बाँधियो र मुखमा पट्टी पनि बाँधियो ।’

घटनापछि स्थानीयले तत्काल ईलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । घट्नाको सुचना जिल्ला प्रहरी कार्यालय डोटीसम्म पुगेपछि जिप्रकाको पहलमा अपहरणमा प्रयोग गरिएको गाडी, अपहरणकारी र अपहरित व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ ।

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले घटना घटना भएको र छानविन भइरहेको बताए । उनले अनुसन्धानकै क्रममा भएकाले सबै भन्न नमिल्ने भन्दै अनुसन्धानपछि विस्तृत बिबरण आउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप