शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माया गर्न सिकाउने फिल्म ‘माया’

बिहीबार, १८ जेठ २०७४, १४ : २०
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८ – स्टाट प्रो इन्टरटेन्मेन्टले ‘माया’ शीर्षकको सर्ट फिल्म तयार पारेको छ । युट्युब मार्फत सार्वजनिक फिल्लले मायाको परिभाषालाई चित्रण गरेको छ । मायामा प्रतिक्षा पनि अनिवार्य हुन्छ भन्ने सन्देश बोकेको यो फिल्मको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन् । करिव १० मिनेट लामो यो फिल्ममा तीन जना कलाकारले अभिनय गरेका छन् । स्याट प्रो ईन्टरटेन्मेन्टले यस पिपुल स्टडीसंग सहकार्य गर्दै यो फिल्म निर्मँण गरेको हो । छोटो समयमै थुप्रै म्युजिक भिडियो तथा एउटा सर्ट फिल्न निर्मँण गरिसकेको सुरेन्स फोटोग्राफी एण्ड टिमको यो दोश्रो सर्ट फिल्ममा निर्देश्ँक सुरेन श्रेष्ठले नै मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्मको कथा, पटकथा तथा सम्बाद पनि निर्देश्ँक श्रेष्ठले नै तयार पारेका हुन् । अभिनेता श्रेष्ठलाई निकिशा दाहाल तथा प्रेरणा थापाले अभिनयमा साथ दिएका छन् । रोमाञ्चक शैलीबाट प्रारम्भ हुने यो फिल्मको कथा बिस्तारै रोमान्टिक बन्दै जान्छ । फिल्मको अन्त्यमा गायक तथा अभिनेता यस कुमारले आकर्षक शैलीमा मायालाई परिभाषित गरेको सम्वाद समावेश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप