आशा लघुवित्त वित्तीयको एकै दिन १३ वटा शाखावाट कारोवार सुरु
बिहीबार, १८ जेठ २०७४, १४ : २४
काठमाडौं, जेठ १८–आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै दिन १३ वटा शाखा कार्यालयको कारोवार सुरु गरको छ । आशा लघुवित्त वित्तीय संस्थाले चन्द्रपुर– रौतहट, परवानीपुर–पर्सा, कोल्हवी–वारा, हरिवन–सर्लाही, बस्तीपुर–मकवानपुर, खुरखुरे–चितवनमा नयाँ शाखा स्थापना गरेको हो ।
यस्तै, खजुरा–बाँके, मैनापोखर–बर्दिया, गुलरिया–बर्दिया, राजापुर–बर्दिया, बौनिया–कैलाली, बिर्घा–स्याङजा, हेम्जा–कास्कीमा पनि नयाँ शाखा सुरु गरेको आशा लघुवित्तले जनाएको छ ।
राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहलाई विभिन्न आयआर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पु¥याउने जनाएको छ । गरिबीलाई लघुवित्तीय सेवाको माध्यमबाट आय बृद्धि मुलक व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउनुका साथै सदस्यलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तरबृद्धि गर्न शाखा स्थापना भएको जनाइएको छ ।
संस्थाको ७ हजार २ सय ७२ सदस्य, कर्जा लगानी ३० करोड ३९ लाख ४४ हजार छ । यस्तै, संस्थाको २८ वटा शाखा कार्यालय रहेका छन् । संस्थाको पाल्पा, धादिङ्ग,,झापा, मोरङ्ग,सुनसरी, ईलाम, रुपन्देही तथा अन्य स्थानमा पनि छिटै शाखा विस्तार गर्ने योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण