भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग
बिहीबार, १८ जेठ २०७४, १४ : २७
चितवन, जेठ १८–नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न दवाव दिनु भएको छ ।
सचिव ज्ञवालीले भरतपुर महानगरपालिकामा मतपत्र च्यातेर माओवादी केन्द्रले जनताको स्वतन्त्र अभिमतमाथि षडयन्त्र गरेको आरोप समेत लगाए ।
विहिबार नेकपा एमाले जिल्ला कमिटीे चितवनद्धारा भरतपुरको अस्पताल चोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले पुनः मतदान गर्ने सत्तारुढ काँग्रेस÷माओवादी केन्द्रको मागलाई स्वतन्त्र निर्वाचन प्रणाली विरुद्धको षडयन्त्र भएको भन्दै आपत्ति जनाए ।
सचिव ज्ञवालीले पुनः मतदान गर्ने माग लोकतन्त्र विरुद्धको षडयन्त्र समेत भएको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए ।
सचिव ज्ञवालीले लोकतन्त्रविरुद्धको षडयन्त्र भइरहेको दावी गर्दै काँग्रेसले मौनता साँध्न नहुने पनि उल्लेख गरे ।
एमालेले तत्काल मतगणना सुरु गर्न दवाव दिँदै सदन र सडक संघर्षलाई तीव्र बनाएको छ । भरतपुरमा एमालेले पुनः मतगणना सुरु गर्न निरन्तर दवाव दिँदै आएको छ । माओवादी केन्द्रका दुई जना कार्यकर्ताले मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण