शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एमालेले पैसा बाँडेर स्थानीय तहको निर्वाचन जितेको बिजुक्छेको आरोप

बिहीबार, १८ जेठ २०७४, १५ : १५
बिहीबार, १८ जेठ २०७४
जेठ १८, काठमाडौं–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार मधेश केन्द्रित दलहरुको इसारामा चलेको आरोप लगाएका छन् । अध्यक्ष बिजुक्छेले सरकारलाई निर्वाचन आचारसंहिता विपरित गतिविधि नगर्न पनि चेतावनी दिए । विहिबार भक्तपुरमा स्थानीय संचारकर्मीमाझ कुरा गर्दै उनले सरकारले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएको दावी समेत गरे । अध्यक्ष बिजुक्छेले राष्ट्रिय जनता पार्टीको सर्त पुरा गर्ने भन्दै नचाहिँदो काम नगर्न पनि सरकारलाई सचेत गराए । उनले सरकारले निर्वाचन आचारसंहिता विपरित बजेट ल्याएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएको आरोप समेत लगाए । अध्यक्ष बिजुक्छेले भक्तपुरमा एमालेले पैसा बाँडेर स्थानीय तहको निर्वाचन जितेको आरोप समेत लगाउनु भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप