शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चलचित्र ‘रातो घर’ प्रिमियर, दर्शकले भने -हत्याहिंसा धेरै भो

बिहीबार, १८ जेठ २०७४, १५ : २१
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८ – सुरज सुब्बा ‘नाल्बो’ निर्देशित चलचित्र ‘रातोघर’ प्रिहिएर गरिएको छ । बुधबार बिग मुभिज कमल पोखरीमा पत्रकार तथा कलाकर्मी माझ चलचित्र प्रिमिएर गरिएको हो । प्रिमिएरमा केही चलचित्र नबुझेको, केहीले चलचित्र काटमार बढी भएको र कतिपयले चलचित्रले अपराधिक गतिबिधिलाई बढवा दिएको प्रतिक्रिया दिए । हाँस्य कलाकारको रुपमा परिचय बनाएका विल्सन विक्रम राई (तक्मे बुढा)को निर्माण रहेको चलचित्र विल्सनै मुख्य भुमिका रहेका छन् । हमजायगाबाट हिरो बनेका विल्सनको रातो घर अभिनयलाई धेरैले मनपराए । चलचित्रमा उनी हास्यँ श्रृखला अभिनय भन्दा माथी उड्न नसकेको कतिपयको भनाई पनि देखियो । सुरज सुब्बा र तक्मे बुढाको संयुक्त लगानी रहेको चलचित्र ’रातो घर’ भोली शुक्रबारबाट प्रर्दशनमा आउँदैछ । विल्सनसँगै संयम पुरी, गौरव पहारी, मेनुका प्रधान, अनुराग कुँवरलगायतको मुख्य भूमिका रहेको ‘रातो घर’को प्रिमियर अभिनेत्री करिस्मा मान्नधर, गायिका कोमल ओली , अभिनेत्री सुस्मा कार्की लगायत दर्जन बढी सेलिब्रटीको उपस्थिती थियो । चलचित्रमा कमेडी, थोरे लभ स्टोरी र चाहिने भन्दा ज्यादा एक्सन मिश्रित गरिएको छ । जसको कम्प्याल राम्रो नमिलेको समेत केहीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप