लाइभ अन्तर्वार्तामा रिपोर्टरलाई जर्बजस्ती चुम्बन गर्न खोज्ने खेलाडीले पाए यस्तो सजायँ
एजेन्सी जेठ १८ – फ्रेन्च ओपन टेनिस टूर्नामेन्टमा फ्रान्सेली टेनिस प्लेयर म्याक्सिम हेमूलाई टूर्नामेन्टबाट निकालिएको छ ।
म्याक्सिमले एक लाइभ अन्तर्वार्ताको क्रममा महिला पत्रकारलाई जर्बजस्ती चुम्बन गर्न र छुन कोसिस गरेका थिए । आयोजकले २१ वर्षे म्याक्सिमको यो व्यवहारलाई लज्जास्पद बताउँदै उनलाई टूर्नामेन्टबाट बाहिर निकालेको छ ।
म्याक्सिमले सोमबार पाब्लो क्यूवासविरुद्धको पहिलो चरणको खेल हारेका थिए । युरोस्पोर्टकी रिपोर्टर मेली थोमसले उनको अन्तर्वार्ता लिइरहेकी थिइन् ।
म्याक्सिमले सुरुमा मेलीको काँधमा हात राखे । त्यसपछि उनलाई टाउको र घाँटीमा जर्बजस्ती चुम्बन गर्न सुरु गरे ।
रिपोर्टरले भनिन्, ‘लाइभ नभएको भए मुक्का हान्ने थिएँ’
यस घटनाबारे मेलीले हफिङ्टन पोस्टको फ्रान्सेली संस्करणसँग कुराकानी गर्दै भनिन्, ‘यदि म लाइभ अन एयर नभएको भए, ती व्यक्तिलाई मुक्का हानिसकेको हुने थिएँ ।’
त्यसपछि फ्रेन्च ओपनका आयोजकले बयान जारी गर्दै भने, ‘२८७ औं सीडका म्याक्सिम हेमूलाई टूर्नामेन्टबाट निकालिएको जानकारी दिन चाहन्छौं । उनले एक पत्रकारमाथि लज्जास्पद व्यवहार गरेका कारण उनो एक्रिडिटेशन रद्द गर्ने निर्णय गरेका छौं ।’
फ्रेन्च फेडेरेशनले यसबारे अनुसन्धान गर्न आदेश पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण