शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेत्री कोइराला कम्बोडिया प्रस्थान

बिहीबार, १८ जेठ २०७४, १५ : ४२
बिहीबार, १८ जेठ २०७४
काठमाडौँ, जेठ १८- कम्बोडियामा हुने संसदीय निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा नेपाली काँग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला कम्बोडिया प्रस्थान गरेकी छन् । कम्बोडियाको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही जुन २ देखि ५ तारिखसम्म हुन लागेको संसदीय निर्वाचनमा भाग लिन उनी आज अपराह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् । नेत्री कोइराला एसियाली राजनीतिक दलहरुको सम्मेलन (आइक्याप)को सदस्यका रुपमा त्यसतर्फ गएकी हुन् । नेत्री कोइराला कम्बोडियामा रहँदा त्यहाँका प्रधानमन्त्री सम्देक तथा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप