मन्त्री रमेश लेखकले सुनाए १० महिने रोचक अनुभूति
बिहीबार, १८ जेठ २०७४, १५ : ४९
शम्भु दंगाल
काठमाडौं, जेठ १८– कामचलाउ सरकारका भौतिक योजना तथा निमार्णमन्त्री रमेश लेखकले समयमा काम नहुने र गुणस्तरीय नहुने मन्त्रालयको चुनौती रहेको बताएका छन् ।
नयाँ सरकार गठनको प्रक्रिया शूरु भएसँगै मन्त्रालयमा आफ्नो १० महिने कार्यकालको समीक्षा प्रस्तुत गर्न मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री लेखकले सो कुरा बताएका हुन् । उनले मन्त्रालयले बनाएका योजनाको प्रभाविकारी ढंगले काम नहुने बताएका हुन् ।
यसमा सरकारी पक्ष र निर्माण व्यवसायी दुवैको उत्तिकै भूमिका रहेको उनको भनाई थियो । एउटा निर्माण व्यवसायीले ४ वटा काममा हात हाल्ने र पहिलो काम नसकी नयाँ काममा पनि हात हाल्ने प्रवृत्तिले काम छिटो नसकिने र गुणस्तरीय पनि नहुने उनको भनाई थियो । आफूले सम्हालेको मन्त्रालयले हालसम्म ६० प्रतिशत विकास खर्च गरेको बताउँदै उनले यो अहिलेको अवधीमा थोरै रहेको बताए ।
आफूले मन्त्रालय सम्हालेपछि सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा तराईको हुलाकी राजमार्गको काम शुरु भएको बताउँदै ८ सय किलोमिटर डबल लेनको बाटो निर्माण भइरहेको जानकारी दिए । उनले भने–तराई मधेसको क्रान्तिका लागि भाग्यरेखाको रुपमा रहेको हुलाकी राजमार्गलाई विशेष प्राथमिकतामा राख्यौं, त्यसका लागि आवश्यक बजेट पनि छुट्टाइएको छ । हाम्रो आफ्नै आन्तरिक स्रोत र भारत सरकारको आर्थिक सहयोगमा यो सडकको काम अघि बढिरहेको छ ।
यस्तै, अर्को महत्वपूर्ण उपलब्धीको रुपमा काठमाडौं तराई जोड्ने फास्ट ट्रयाकको काम अघि बढेको उनले बताए । यो सडकको समय र दुरीका साथै आर्थिक सामाजिक विकासका साथै मनोवैज्ञानिक महत्व समेत रहेको बताए । उनले हिमाल, पहाड र तराईलाई मानसिक रुपमा जोड्न समेत यो सडकले सहयोग गर्ने बताए ।
फास्ट ट्रयाक सडक निर्माणका लागि नेपाली सेनाको नेतृत्वमा अधिकार सम्पन्न निर्देशक समिति समेत बनिसकेको जानकारी दिए । सेनाको जर्नेलको नेतृत्वमा अर्थ, भौतिक योजना तथा निमार्ण, राष्ट्रिय योजना आयोगका सहसचिव सदस्य रहने व्यवस्था गरिएको बताए ।
आफ्नो पालामा चिन सरकारले ल्याएको ओविआर अर्थात वन वेल्ट वन रोड परियोजनामा नेपालले हस्ताक्षर भएको बताँउदै यसले नेपाललाई चीनसंग सडक संञ्जालले जोड्ने मात्र नभई नेपालमा पर्यटन, उद्योग कलकारखानाको विकास हुने बताए ।
पूर्वपश्चिम राजमार्ग ४ लेनको हुने
मन्त्री लेखकले पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउनेगरी काम अघि बढिरहेको जानकारी दिए । यसका लागि अन्तर्राष्ट्रिय दातृ निकाय एसियाली विकास बैंकले सहयोग गरिरहेको छ ।
झापादेखि कञ्चनपुरसम्म ४ लेनको सडक निमार्ण गर्ने क्रममा एडिवीको सहयोगमा भैरहवादेखि लुम्बिनीसम्म काम भइरहेको जानकारी दिए । आफ्नो कार्यकालमा यातायात क्षेत्रको समस्या समाधान गर्न काठमाडौं उपत्यकामा थप ३ कार्यालयको स्थापना गरेको उनको भनाई छ ।
यातायात क्षेत्रबाट वार्षिक २१ अरब राजस्व उठ्ने भएपनि सेवाग्राहीले दुख पाइरहेको बताउँदै मन्त्री लेखकले यातायात व्यवस्था विभागमा दक्ष जनशक्तिको अभाव रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण