पूँजी बजारमा सामान्य गिरावट
बिहीबार, १८ जेठ २०७४, १५ : ५७
काठमाडौं, जेठ १८– नेपालको पुँजी बजारमा बिहीबार सामान्य गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको बजार विहीबार भने ३ दशमलव ८० अंकले घटेको हो ।
सेयर कारोवारका हिसावले साताको अन्तिम दिन बजार एक हजार ६ सय ४ दशमलव ३१ अंकमा झरेर रोकिएको छ । एक सय ४७ कम्पनीको ११ लाख ९२ हजार ९ सय ५८ कित्ता सेयर खरिद विक्रीवाट ६४ करोड ९१ लाख ७ हजार ४ सय ४६ रुपैयाँको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
विहीबार जलविद्युत र उत्पादनमुलक समूह वाहेक अन्य सवै समूहको सूचक घटेका छन् । बैकिङ समूहको सूचक १ दशमलव ७५ अंकले घटेको आज होटल समूहको सूचक २५ दशमलव ३२, विकास बैंक समूहको सूचक ९ दशमलव ९५ अंकले ओरालो लागेको पनि नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
यस्तै, फाइनान्स समूहको सूचक ३ दशमलव ८ अंकले घटेको छ भने बीमा समूहको सूचक १० दशमलव ४९ अंकले घटेको छ ।
यस्तै, अन्य समूहको सूचक ८ दशमलव ९६ अंकले घटेको छ भने जलविद्युत समूहको सूचक ७ दशमलव ०४ अंक र उत्पादनमुलक समूहको सूचक १९ दशमलव १६ अंकले वढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण