शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीमती अर्कैसँग लागेको आशंका गर्दा दुवैको गयो ज्यान, घटनास्थलमा सुसाइड नोट !

बिहीबार, १८ जेठ २०७४, १६ : ३०
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८– आफ्नी श्रीमती अर्कैसँग लागेको आशंका गरेपछी भक्तपुरको सूर्यविनायक नगरपालिका–४ गाम्चा बस्दै आएका एक जोडीले ज्यान गुमाएका छन् । ओखलढुंगा स्थायी घर भएर गाम्चामा डेरा गरी बस्ने २५ वर्षीय लोकबहादुर तामाङ्ग र उनकी श्रीमती २२ वर्षीया आसिका बस्नेत बिहीबार विहान मृत अवस्थामा फेला परेका हुन् । लोकबहादुर र आसिका दुवैको शव आफ्नै कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी श्यामबावु ओलियाले जानकारी दिए । डीएसपी ओलियाकाअनुसार लोकबहादुरलाई पंखाको हुकमा सलको पासो लगाई झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो भने आसिका ओछ्यामा मृत अवस्थामा फेला परेकी थिइन् । घट्नास्थमाल लोकबहादुरले लेखेको सुसाइड नोट फेला परेको छ । सुसाइड नोटमा आसिकालाई ‘बेबी’ सम्वोधन गरेका लोकबहादुरले आफू एउटी युवतीसँग हिँड्ने गरेको तर उनी साथी भएको कुरा उल्लेख गरेका छन् । साथीसँग हिँड्दा श्रीमतीले अनावश्यक आशंका गरेपछि लोकबहादुरले आत्महत्या गरेको र त्यसपछि श्रीमतीले विष सेवन गरेको हुनसक्ने बताइएको छ । प्रहरीकाअनुसार, श्रीमतीको शवसँगै उडुस मार्न प्रयोग गरिने ‘बेगन’ तथा लामखुट्टे मार्न प्रयोग गरिने ‘अलआउट’ नामक विषादी फेला परेको छ । दुवैका शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप