डीआईजी नवराज सिलवालको मुद्दा हेर्दाहेर्दैमा स्थगित,अब असार १ गते सुनुवाई हुने
काठमाडौं, जेठ १८– डीआईजी नवराज सिलवालले ‘आफूलाई आईजिपी बनाईपाउँ’ भन्दै सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दा हेर्दाहेर्दैमा स्थगित भएको छ ।
अब मुद्दाको सुनुवाई असार १ गते हुनेछ । हेर्दाहेर्दैमा स्थगित भएको मुद्धा अर्को मितिमा आज हेरेकै न्यायाधिशरुको बेन्चले हेर्ने कानुनी प्रावधान छ ।
बिहीबार न्यायाधीशहरु चोलेन्द्र शमशेर जवरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी सहितका सातजना न्यायाधिश सम्मिलित वृहद पुर्ण इजलाशले उक्त मुद्धा सुनुवाई गरेको थियो ।
गत फागुन १ गते सरकारले जय बहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि शुरु भएको ‘आईजिपी प्रकरण’ झण्डै साढे तीन महिनादेखी बैठान हुन सकेको छैन । सर्वोच्चले जय बहादुर चन्दको नियुक्ती बदर गरेर नवराज सिलवाललाई आईजिपी बनाउन परमादेश जारी गरेपनि सरकारले प्रकाश अर्याललाई आईजिपी बनाएपछि शिलवाल पुन अदालतको ढोका ढकढक्याउन पुगेका थिए ।
बिहीबार उक्त मुद्धाको सुनुवाई शुरु भएपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता रमन श्रेष्ठले सर्वोच्चले आईजिपी मुद्धामा नियमसंगत कदम नचालेको भन्दै आपत्ति जनाएका थिए ।
महान्यायाधिवक्ताको कार्यालयलमार्फत प्रहरी प्रधान कार्यालयको लिखीत जवाफको संसोधन निवेदन पेश गरेको थियो ।
उक्त निवेदन एकल बेन्चले हेरेपछी मात्र पुर्ण ईजलाशमा पेश हुनुपर्नेमा एकैपटक पुर्ण बेन्चमा राखेको भन्दै श्रेष्ठको आपत्ति जनाएका थिए ।
महान्यायाधिवक्ता श्रेष्ठले आपत्ति जनाएसँगै न्यायाधिशहरुले करिब ४५ मिनेट आन्तरीक छलफल गरेका थिए । छलफल पछि रमनको अब्जेक्सनलाई ईजलाशले अस्वीकार गरेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण