‘भरतपुर काण्ड’बारे निर्वाचन आयोगले लिने निर्णय सरकारलाई मान्य हुन्छः कानुनमन्त्री
काठमाडौं, जेठ १८–सरकारले ‘भरतपुर काण्ड’बारे निर्वाचन आयोगले लिने निर्णय मान्य हुने स्पष्ट पारेको छ ।
कानुन मन्त्री अजयशंकर नायकले ‘भरतपुर काण्ड’बारे निर्वाचन आयोगले गर्ने निर्णय अनुसार सरकार अघि बढने स्पष्ट पारे । भरतपुर महानगरपालिकामा स्थगित मतगणनाको निर्णय लिने संवैधानिक निकाय निर्वाचन आयोग हुँदाहुँदै एमालेले संसद अवरुद्ध पारेर प्रतिसोधको राजनीति गरिरहेको आरोप समेत लगाए । विहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कानुन मन्त्री नायकले एमालेलाई रेणु दाहाललाई हराउन सके प्रधानमन्त्री पुष्पकमल दाहाललाई हराएको हुने सपना नदेख्न पनि चेतावनी दिए । भरतपुर काण्डलाई उत्तेजित बनाएर एमालेले पराजित मानसिकता प्रर्दशन गरेको उनको दावी छ ।
मन्त्री नायकले एमालेकै कारण सहमतीय सरकार बन्न नसकेको दावी समेत गरे । उनले मधेशको मुद्धालाई सुन्न नचाहेर एमालेले अतिवादी सोच बनाएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण