दृष्टिविहीनको घरका निर्माणका लागि बले-कक्रोजले ल्याए सहयोग
बिहीबार, १८ जेठ २०७४, १७ : ४९
काठमाडौं, जेठ १८ । सप्तरीमा निर्माणधिन ३ दृष्टिविहीन परिवारको घरका लागि कलाकार सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ले २ लाख ५० हजार सहयोग गरेका छन् ।
अमेरिकामा हुने बिभिन्न साँस्कृति कार्यक्रमका लागि केही पहिले अमेरिका उडेका यी कलाकारले कार्यक्रमबाट उठेको रकम जिग्री पाँडे प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् ।
‘कार्यक्रमको सिलसिलामा भेटिएका अमेरिका निवासी नेपालीले जिग्री पाँडे प्रतिष्ठानको सामाजिक कामबाट प्रभाबित भएर रकम सहयोग गरेको कलाकार सागर लम्साल ‘बले’ बताए । जर्जियामा भएका दुई कार्यक्रममा उपस्थित दर्शकहरुबाट सो रकम जुटेको हो ।
प्रतिष्ठानका कोषाध्यक्ष अर्जुन घिमिरेले प्रतिष्ठानले थालनी गरेको घर निर्माणका लागी अझै २० प्रतिशत रकम अभाव भएको र अन्य जो कोहि सहयोगी मनहरुले सहयोग गर्न सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण