शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यातायात कार्यालयमा सेवाग्रही ढुकेर बस्ने सात दलाल समातिए

बिहीबार, १८ जेठ २०७४, १७ : ५५
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८– चन्द्रागिरी नगरपालिका–५ स्थित यातायात व्यवस्था कार्यालयको वरिपरी ठाउँ–ठाउँमा सेवाग्राहीहरुलाई काम छिटो छरितो गराई दिन्छु भनि ठग्ने सात जना दलाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटरसाइकलको कर तिर्न जाने सेवाग्राहीलाई राजश्व भन्दा दोब्बर रकम लिई मोलमोलाई गरिरहेका चोभार बस्ने २४ वर्षीय सुजन महर्जन सहित ७ जनालाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको हो । दलालहरुबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसैबीच, भारत बिहार मोतिहारी बस्ने २५ बर्षीय कृष्ण शर्मालाई प्रहरीले अवैध लागू औषध चरेश ५ केजीसहित पक्राउ गरेको छ । बीरगंज उपमहानगरपालिका–१६ भन्सार कार्यालय अगाडि लागूऔषध नियन्त्रण शाखाबाट खटिएको टोलीले विहीबार नेपालबाट भारत रक्सौलतर्फ टाँगामा चडी गईरहेका शर्मालाई चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश बरामद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप