स्थानीय चुनावको अचम्मको आँकडा : ६० वर्ष माथिका ‘बुढा’ बहुमतमा
शम्भु दंगाल
काठमाडौँ, जेठ १८ – देशको केन्द्रमा ‘बृद्ध’ नेताहरुको हालिमुहाली हुने गरेको भन्दै धेरै गुनासो हुने गरेको छ । हुन पनि राष्ट्रपतिदेखि प्रधानमन्त्री र मन्त्रीसम्म ६० नाघेका पाका नेताहरुले नै स्थान ओगट्ने गरेका छन् ।
युवाहरुले राजनीतिमा नेतृत्व लिनुपर्छ भनेर नयाँ पार्टीहरु पनि अहिले अस्तित्वमा छन् । यसपटकको स्थानीय तहको चुनावमा युवा नेतृत्वको विषय पनि बहसको विषय नै बन्यो । रञ्जु दर्शना र रञ्जु तिलाङ्गी जस्ता युवा उम्मेदवारको खुबै चर्चा पनि भयो । जति नै चर्चा र बहस भए पनि चुनावको परिणाम भने ठीक उल्टो आएको छ ।
स्थानीय तहको निर्वाचनमा विजयी हुने प्रतिनिधीको आँकडा केलाउदा ६० बर्ष उमेर माथिका प्रतिनिधीको बहुमत देखिएको छ । निर्वाचन आयोगले २ सय ५९ स्थानीय तहका विजयी प्रतिनिधीको उमेर समूहको आँकडा केलाउँदा ६१ बर्ष माथिका विजयीको बहुमत भेटिएको हो ।
निर्वाचनका लागि उम्मेदवारी दिन पाउने २१ बर्ष माथिको उमेर समूहलाई तीन भागमा विभाजन गरेर हेर्दा ४१ देखि ६० बर्ष उमेर समूह सबैभन्दा अल्पमतमा परेको छ । उमेर समूह २१ देखि ४० बर्ष समूहका ५ हजार १७ जना प्रतिनिधी विजयी भएका छन् भने ४१ देखि ६० बर्ष उमेर समूहका ७ सय ९९ जना विजयी भएका छन् । यस्तै ६० बर्ष माथि ६ हजार ६ सय ५ जना विजयी भएका छन् । यो आँकडा २ सय ५९ स्थानीय तहका १२ हजार ४ सय २१ जनप्रतिनीधीबाट लिइएको हो ।
अझ रोचक कुरा त के छ भने २१ बर्ष देखि ४० बर्ष उमेर समूहका ६ जना प्रमुख पदमा निर्वाचित भएका छन् । यो उमेर समूहबाट उपप्रमुखमा ३७ जना, यस्तै गाउँपालिका अध्यक्षमा ४० जना, उपाध्यक्षमा ९२ जना, वडाध्यक्षमा ६६६ जना, महिला सदस्यमा ११ सय ५३ जना, दलित महिला सदस्यमा १३ सय ६६ जना, सदस्यमा १६ सय ५७ जना गरी ५ हजार १७ जना विजयी भएका हुन् ।
यस्तै ४१ बर्षदेखि ६० बर्ष उमेर समूहबाट मेयरमा ११ जना तथा उपमेयरमा १ जना निर्वाचित भएका छन् भने गाउँपालिका अध्यक्षमा १४ जना विजयी भएका छन् । उपाध्यक्षमा ३ जना, वडाध्यक्षमा २ सय १५ जना, महिला सदस्यमा ५७ जना, दलित सदस्यमा ६६ जना र खुल्ला सदस्यमा ४ सय २३ गरी ६ हजार ६ सय ५ जना विजयी भएका छन् ।
यस्तै सबैभन्दा बहुमत ल्याउने उमेर समूह ६१ बर्ष माथिका ७४ जनाले मेयर पदमा जित हासिल गरेका छन् भने उपमेयरमा ५३ जना विजयी भएका छन् ।
यही उमेर समूहबाट गाउँपालिका अध्यक्षमा १ सय १४ जना र उपाध्यक्षमा ७३ जना विजयी भएका छन् । वडाध्यक्षमा पनि यही उमेरसमूहबाट सबैभन्दा बढी १५ सय २६ जना विजयी भएका छन् । यस्तै महिला सदस्यमा ११ सय ९६ जना विजयी भएका छनु । दलित महिला सदस्य ८ सय ४६ र खुला सदस्यमा २७ सय २३ गरी ६ हजार विजयी भएका हुन् ।
स्थानीय तहको निर्वाचनमा यूवाहरुको व्यापक सहभागिता भएपनि उमेरले नेटो काटेका बृद्धहरुले बहुमत जित निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण