निर्वाचित प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई तालिम !
बिहीबार, १८ जेठ २०७४, १९ : ५६
काठमाडौँ, जेठ १८ – प्रदेश नं ३, ४ र ६ का निर्वाचित नगरपालिका एवम् गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षका लागि स्थानीय तहमा शासन सञ्चालनसम्बन्धी तीनदिने तालिम दिइने भएको छ ।
नयाँ संरचनाअनुसार स्थानीयस्तरमै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अधिकार प्रयोग गर्ने भएपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीनदिने अभिमुखीकरण तालिम दिन लागेको हो ।
मन्त्रालयले प्रदेश नं ३ को जेठ २५, २६ र २७ गते काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल, प्रदेश नं ४ को जेठ ३०, ३१ र असार १ गते कास्की जिल्लाको पोखरा र प्रदेश नं ६ को असार ४, ५ र ६ गते सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गर्न लागेको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले राससलाई जानकारी दिए ।
मन्त्रालयले सम्बन्धित प्रदेशका जिल्ला समन्वय समितिलाई सबै तहका प्रमुख÷उपप्रमुख एवम् अध्यक्ष÷उपाध्यक्षलाई सम्पर्क गरी तालिममा सहभागी गराउन आह्वान गरेको छ ।
जथाभावी निर्णय नगर्न परिपत्र गर्ने
निर्वाचित पदाधिकारीले विनियोजित बजेट कसरी खर्च गर्ने भन्ने मार्गदर्शन राजपत्रमा प्रकाशित नभई जथाभावी निर्णय गर्न थालेपछि मुख्यसचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा आज बसेको बैठकले राजपत्रमा सूचना प्रकाशित नभई निर्णय नगर्न परिपत्र गर्ने भएको छ ।
बैठकमा स्थानीय विकास मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका सचिवको सहभागिता रहेको प्रवक्ता तामाङले जानकारी दिनुभयो । ‘गाउँसभा र नगरसभा नबसुन्जेल एवम् बजेटको वित्तीय व्यवस्थाको स्पष्टता नहुञ्जेल स्थानीय तहलाई बजेटसम्बन्धी निर्णय नगर्न आजको निर्णयानुसार शुक्रबार परिपत्र गरिन्छ’– उनले भने ।
वित्तीय व्यवस्थाको स्पष्टतापछि गाउँसभा र नगरसभाको बैठकले निर्णय गर्न पनि मन्त्रालयले परिपत्र गर्ने भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण