चिनिया पर्यटक बढाउन नाट्टाको चीनमा यस्तो कार्यक्रम
बिहीबार, १८ जेठ २०७४, २० : १२
काठमाडौँ, जेठ १८ – नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले पर्यटन प्रवद्र्धनका लागि नियमित रुपमा गर्दै आएको चाइना सेल्स मिसन पुनः यस पटक पनि चीनमा गर्ने भएको छ ।
नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास बेइजिङको सहकार्य एवम् समन्वयमा यही जेठ २४ देखि १० दिनसम्म चीनका चार प्रमुख व्यावसायिक सहर चेङदु, ग्वाङजाउ, हाङजाउ र बेजिङमा विभिन्न कार्यक्रमको आयोजना गरी नेपालको पर्यटकीय गन्तव्य र उत्पादनबारे जानकारी गराइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
नाट्टाका अध्यक्ष मधुसुदन आचार्यको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीको प्रवद्र्धन टोलीमा ट्राभल÷टुर व्यवसायी, होटल एवम् ट्रेकिङका गरी कुल ३२ जना सहभागी हुने नाट्टाले जनाएको छ ।
टोलीले चारैवटा सहरमा नेपालको पर्यटनबारे प्रस्तुतीकरण गर्नुका साथै त्यहाँको स्थानीय टुर अपरेटरसँग व्यवसायी÷व्यवसायीबीच छलफल गर्ने तथा स्थानीय सञ्चार माध्यमलाई नेपालका पर्यटकीय आकर्षणबारे जानकारी गराइने कार्यक्रम छ ।
सन् २००९ मा चीन सरकारले नेपाललाई पनि सम्भाव्य चिनियाँ नागरिकका लागि प्रमुख गन्तव्यका रुपमा मान्यता दिएपछि नेपाल आउने चिनियाँ पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गइरहेको नाट्टाको ठहर छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण