शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बाह्रदशीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

बिहीबार, १८ जेठ २०७४, २० : १९
बिहीबार, १८ जेठ २०७४
झापा, जेठ १८– नेपाली सेनाको झापाको चारआलीमा रहेको कालीबहादुर गणले बाह्रदशीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । निःशुल्क स्वास्थ्य शिविरमा ५ सय १२ पुरुष र ६ सय ४३ महिला गरी एघार सय ५५ जनाले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा राजगढ, गोलधाप, चकचकी, घेराबारी, डाँगीबारी लगायतका विभिन्न स्थानबाट स्वास्थ्य जाँच गर्न आएका थिए । बी एण्ड सी अस्पताल बिर्तामोड, जिल्ला जनस्वास्थ्य कार्यालय, बाह्रदशी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा नेपाली सनो र बी एण्ड सी अस्पतालका स्त्रीरोग, क्यान्सर, हाडजोर्नी तथा नशा, बालरोग, नाक कान घाँटी, जनरल फिजिसियन, जनरल सर्जन लगायत विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाली सेनाका पूर्वी पृतनाका पृतनापति उपरथी प्रल्हाद थापा, २१ नम्बर बाहिनी अड्डका बाहिनीपति सहायक रथी सीताराम खड्का, कालीबहादु गणका गणपति प्रमुख सेनानी सरोज अधिकारी लगायतले शिविरको निरीक्षण गरेका थिए । स्वास्थ्य शिविर सञ्चालनकै क्रममा निःशुल्क स्वास्थ्य परीक्षणका साथै सर्पदंश सम्बन्धि जनचेतनामुलक कार्यक्रम तथा निःशुल्क औषधि वितरण पनि गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप