इटहरीको प्लाई उद्योगमा आगलागी
बिहीबार, १८ जेठ २०७४, २० : २५
इटहरी, जेठ १८– इटहरी ८ स्थित भवानी प्लाई उद्योगमा आगलागी भएको छ । आगलागीमा परी करिब ५ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ ।
उद्योगभित्र कार्यरत मजदुरले दाउरामा खाना पकाउने क्रममा आगो सल्किएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
उद्योग भित्र रहेको दुई वटा गोदाम जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागी इटहरी, धरान र इनरुवाको दमकल प्रयोग गरेर नियन्त्रणमा ल्याइएको इटहरीका डीएसपी नरेश सुवदीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण