२ सय ८२ स्थानीय तहमा १३ हजार २ सय १२ विजयी: कुन कुन पदमा कति ? (विवरणसहित)
बिहीबार, १८ जेठ २०७४, २० : ३९
शम्भु दंगाल
काठमाडौं, जेठ १८– पहिलो चरण अन्र्तगत भएको २ सय ८३ स्थानीय तहको निर्वाचन अन्र्तगत २ सय ८२ तहमा १३ हजार २ सय १२ पदाधिकारी विजयी भएका छन् ।
नगर प्रमुख तथा गाँउपालिका अध्यक्षमा २ सय ८२, उपप्रमुख तथा उपाध्यक्षमा २ सय ८२, वडाध्यक्षमा २५ सय ६१, वडा सदस्य र खुला वडा सदस्यमा २५ सय ५९, महिला वडा सदस्यमा २५ सय ५७ र महिला वडा सदस्यमा २४ सय १२ पदाधिकारी निर्वाचित भएका छन् ।
चितवनको भरतपुर नगरपालिकाको मतगणना प्रभावित भएपछि ३ सय ४४ पदाधिकारीको संख्या आउन बाँकी छ । भरतपुरको अन्तिम नतिजा सार्वजनिक भएपछि १३ हजार ५ सय ५६ पदाधिकारी हुनेछन् ।
सम्पूर्ण पदहरुको कूल संख्यामा नेकपा एमालले अरु दललाई पछि पारेको छ । दास्रोमा नेपाली कांग्रेस र तेस्रोमा माओवादी केन्द्र रहेको छ ।
चितवनको भरतपुर नगरपालिकाबाहेक यस्तो छ, २ सय ८२ स्थानीय तहमा दलका प्रतिनिधिहरुको विजय परिणाम :
नेकपा एमाले : ५ हजार ९ सय ५४ विजयी
नेकपा एमालेले नगर प्रमुख तथा गाउँपालिका अध्यक्षमा १ सय २५ जित निकालेको छ भने उपप्रमुख तथा उपाध्यक्षमा १ सय ३६, वडाध्यक्षमा १ हजार ९९ विजयी भएका छन् ।
यस्तै वडा सदस्यमा ११ सय ४५, खुला वडा सदस्यमा ११ सय ६९, महिला वडा सदस्यमा ११ सय ६८ र दलित महिला सदस्य १११२ गरी कूल ५ हजार ९ सय ५४ पदाधिकारी विजयी भएका हुन् ।
नेपाली कांग्रेस : ४ हजार ४ सय ६८ विजयी
नेपाली कांग्रेसले २ सय ८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा १ सय ४ नगरपालिका प्रमुख तथा गाउँपालिका अध्यक्षमा विजयी हासिल गरेको छ ।
यस्तै ८५ जना उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन् । कांग्रेसका ९ सय ३ वडाध्यक्ष, ८ सय ९५ वडा सदस्य, ८ सय ४५ खुला सदस्य, ८ सय ४७ महिला सदस्य र ७८९ दलित महिला सदस्य गरी ४ हजार ४ सय ६८ पदाधिकारी विजयी भएका हुन् ।
माओवादी केन्द्र : २ हजार ३ सय ५४ विजयी
माआवादी केन्द्रले नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा ४६ र उपप्रमुख तथा उपाध्यक्षमा ४८ प्रतिनिधी विजयी भएका छन् ।
यस्तै ४ सय ६२ वडाध्यक्ष, ४ सय ४४ वडा सदस्य, ४ सय ५६ खुला वडा सदस्य, ४ सय ५७ महिला सदस्य र ४ सय ४१ द्यलित महिला सदस्य गरी कूल २ हजार ३ सय ५४ प्रतिनिधी विजयी भएका हुन् ।
राप्रपा : १ सय १०
२ सय ८२ स्थानको अन्तिम मतपरिणाम आउँदा राप्रपाका १ सय १० प्रतिनिधिले जित दर्ता गरेका छन् । प्रमुख पदमा १ जना, उपप्रमुखमा ५ जना विजयी भएका छन् ।
यस्तै वडाध्यक्ष २२, वडा सदस्य १९, खुला वडा सदस्य २४, महिला सदस्य २३, दलित महिला सदस्य १६ गरी १ सय १० जना प्रतिनिधी विजयी भएका हुन् ।
नेमकिपा : ९३
नेपाल मजदुर किसान पार्टीका १ प्रमुख, १ उपप्रमुख, वडाध्यक्षमा १९, वडा सदस्यमा १८, खुला वडा सदस्यमा १९, महिला सदस्यमा १८ र दलित महिला सदस्यमा ९ गरी ८५ प्रतिनिधि विजयी भएका छन् ।
जनमोर्चा : ८२
जनमोर्चाबाट १ प्रमुख २ उपप्रमुख, १७ वडाध्यक्ष, १६ वडा सदस्य, १७ खुला वडा सदस्य, १५ महिला सदस्य, १४ दलित सदस्य गरी ८२ प्रतिनिधि निर्वाचित भएका छन् ।
नयाँ शक्ति : ५९
नयाँ शक्तिको तर्फबाट प्रमुख पदमा १ जना विजयी भए भने उपप्रमुखमा खाली हात लागेको छ । १० वडाध्यक्ष, ११ खुला सदस्य, ११ खुला सदस्य, १४ महिला सदस्य, १२ दलित महिला सदस्य गरी कूल ५९ प्रतिनिधी विजयी भएका हुन् ।
मधेसी फोरम नेपाल (लोकतान्त्रिक) ः ५
तराईमा मात्र केन्द्रित रहेको मधेसी जनअधिकार फोरमले प्रमुख र उपप्रमुखमा जित हासिल गर्न नसके पनि २ वडाध्यक्ष, १ वडा सदस्य, १ खुला वडा सदस्य र १ दलित महिला सदस्य गरी ५ प्रतिनिधी विजयी गराउन सफल भएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी : १
राष्ट्रिय जनमुक्ति पार्टीले १ खुला सदस्यमा विजयी हासिल गरेको छ ।
परिवार दल : १
परिवार दलले १ दलित महिला सदस्य पदमा जित दर्ता गरेको छ ।
स्वतन्त्र : ८५
२ सय ८२ स्थानीय तहमा ८५ जना स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् । प्रमुख तथा अध्यक्ष पदमा ३ जना, उपप्रमुख तथा उपाध्यक्षमा ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यस्तै २७ वडाध्यक्ष, १० वडा सदस्य, १६ खुला वडा सदस्य, १५ महिला सदस्य, ९ दलित महिला सदस्य गरी ८५ जना स्वतन्त्र उम्मेद्धवार विजयी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण