शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

फिफा बरियतामा नेपालको उल्लेख्य सुधार, नेपाल दक्षिण एसियाको पाँचौं स्थानमा

बिहीबार, १८ जेठ २०७४, २० : ५७
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८– विश्व फुटवल महासघको सर्वोच्च निकाय फिफा वरियतामा नेपालले उल्लेख्य सुधार गरेको छ । फिफाले विहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपाल चार स्थान सुधार गर्दै १ सय ६९ औं स्थानमा उक्लिएको छ । दक्षिण एसियाली राष्ट्रमा नेपाल भन्दामाथि रहेको भुटान २ स्थान तल झर्दै १ सय ६६ औं स्थानमा पुगेको छ । नयाँ वरीयताअनुसार नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत समग्रमा एक सय स्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्र वरीयताको एक सय ५६औं स्थानमा छ । पछिल्लो वरीयतामा माल्दिभ्स चार स्थान तल झरेको छ । अफगानिस्तान चार स्थान खस्कँदै समग्र एक सय ५८औं स्थानमा छ । दुई स्थान तल झरेको भुटान एक सय ६६औं स्थानमा छ । नेपालभन्दा पछाडि रहेको बंगलादेश एक सय ९२औं र श्रीलंका एक सय ९७औं स्थानमा छन् । पाकिस्तान दुई सय स्थानमा छ । ब्राजिल फिफा वरीयताको शीर्ष स्थानमा छ भने अजेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप