शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल–भारत सम्बन्धबारे छलफल

बिहीबार, १८ जेठ २०७४, २१ : २३
बिहीबार, १८ जेठ २०७४
काठमाडौँ, जेठ १८ – सभामुख ओनसरी घर्ती र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीबीच आज नेपाल भारत सम्बन्ध र दुई मुलुकका संसद्–संसद्बीचको सम्बन्धका बारेमा छलफल भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज भएको शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाम एवम् जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।   सभामुख घर्तीले राजदूत पुरीको सफल कार्यकालको शुभकामना व्यक्त गरिन । राजदूत पुरीले जनप्रनिधिमूलक संस्थाको नेतृत्व महिलाले सम्हालेकामा बधाई दिँदे जनस्तरको सम्बन्धलाई बढावा दिन संसद् प्रभावकारी हुने बताइन । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप