नक्कली अपहरीत महिला र अपहरण गर्ने २ जना पक्राउ
बिहीबार, १८ जेठ २०७४, २१ : ५६
सर्लाही, जेठ १८– नक्कली अपहरित महिला र अपहरण गर्ने दुई जनालाई प्रहरीले सर्लाहीको लालबन्दीबाट पक्रउ गरेको छ ।
लालबन्दि नगरपालिका–९ स्थित यूनाईटेड होटलबाट नक्कली अपहरित महिला बबिता चौहान तथा मकवानपुर मनहरी गाउँपालिका ४ हाडी खोला बस्ने रामकृष्ण गोतामेको छोरा बर्ष ४२ का बिष्णुबहादुर गोतामेलाई होटलमा सँगै बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बबिता बस्नेत चौहान घरबाट काम बिशेषले बाहिर गएकीमा बेलुका सम्म फर्की नआई हराई बेपत्ता भएकोले खोजतलास गरी पाउँ भनी बस्नेतका श्रीमानले निवेदन दिएका थिए ।
भइरहँदा सोही दिन बेलुका मेरो जेठान दाजु कुलमणी बस्नेत (नोकरीको सिलसिलामा धादिङमा रहेका) लाई मेरी श्रीमतीको मोबायल नम्बर ९८४२६५४२७० बाट अपरिचित पुरुष मानिसले फोन सम्पर्क गरी तेरो बहिनी मेरो कब्जामा छ सकुशल चाहन्छस भने दश लाख तयारी गरी राख, प्रहरीलाई खवर गरेमा तेरो छोरा छोरी काठमाडौ के कुन ठाउमा बस्छन् तथा के कुन स्कुलमा पढ्छन मलाई सबै थाहा छ भनी फोनबाट धम्की दिएको हुदा निज श्रीमतीलाई कोही कसैले अपहरण गरी लगी बन्धक बनाई राखेको हुन सक्ने भएकोले खोजतलास गरी पाउ भन्ने व्यहोराको जिल्ला झापा बिर्तामोड न.पा.वडा नं. ५ बस्ने निजको श्रीमान मेघराज चौहानले निबेदन दिएका थिए ।
तत्पश्चात मेघराज चौहान र कुलमणी बस्नेतलाई बबिता बस्नेत चौहानको मोबाईल र फेसबुक मेसेन्जर समेतबाट ज्यान मार्ने सम्मको डर धाक धम्कीपुर्ण भाषामा पूनः फिरौती रकम रू. ३० लाख माग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
प्रहरी अनुसन्धानका क्रममा निज बबिता चौहान र बिष्णु गौतमको योजना र मिलेमतोमा निज बबिता चौहानले आफु अपहरणमा परेको भनी आफ्नै श्रीमान तथा दाजु समेतलाई डर धाक धम्की दिई फोन तथा सामाजिक सञ्जाल फेसबुक मार्फत पटकपटक फिरौती रकम माग गरी पिडितहरुलाई आतंकित बनाएको प्रहरी रिपोर्टमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण