शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीको निर्वाचनको सूचना शुक्रबार सार्वजनिक गरिने

बिहीबार, १८ जेठ २०७४, २२ : १३
बिहीबार, १८ जेठ २०७४
काठमाडौं, जेठ १८– प्रधानमन्त्रीको निर्वाचन सम्बन्धि सूचना शुक्रबार सार्वजनिक गरिने भएको छ । ब्यवस्थापिका संसदको विहीबारको बैठक एमालेले अवरोध गरेपछि विहीबार राष्ट्रपतिको बहुमतीय सरकारका लागि आह्वान गरेको पत्र पढ्न समेत रोकिएको छ । राष्ट्रपतिको पत्र पढेपछि प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया शुरु हुने भए पनि संसद अवरोध भएका कारण विहीबार रोकिएको थियो । प्रधानमन्त्री निर्वाचन प्रक्रियाबारे छलफल गर्न शुक्रबार कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यब्यवस्था परामर्श समितिको बैठकमा निर्वाचन सम्बन्धि सूचना सार्वजनिक गरिने र जेठ २१ गतेको संसद बैठकबाट निर्वाचन कार्यक्रम अघि बढाइने भएको छ । संसदको बैठक जेठ २१ गतेका लागि बोलाइएको छ । सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सरकार गठन नगरी गुज्रिएपछि राष्ट्रपतिले बहुमतीय आधारमा सरकार गठन गर्न विहीबार आह्वान गरेकी थिइन् । सरकारको नेतृत्व आलोपालो गर्ने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १० गते राजिनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप