शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पारिश्रमिक दुई सय माग्दा पुतलामाथि आक्रमण

शुक्रबार, १९ जेठ २०७४, ०८ : १६
शुक्रबार, १९ जेठ २०७४
हेमन्त के सी जेठ १९, जाजरकोट - गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका ३ टट्टाकी पुतला वुढा माथि कुटपिट भएको छ । जिल्लाको भेरी नगरपालिका वडा नम्बर ३ स्थित न्यू विजय लक्ष्मी कपडा पसलकी मालिक माँयादेवि शाहीले वुढामाथि आक्रमण गरेकी हुन् । जेठ १५ गते ठाँटी स्थित शाहीको पसलमा गएर वुढाले गिट्टी कुटेको ५ हजार मागेको वताईन् । शाहीले पैसा पछि लैजानु अहिले छैन भनेर वुढालाई जवाफ दिएकी थिईन् । घरमा खाने एक गेडा अन्न छैन मलाई २ सय रुपैया जति भएपनि दिनु भनेर वुढा शाहीको अगाडी रोएकी थिईन । घरमा खानेकुरा केही नभएपछि २ सय मागेर रोएकी वुढालाई शाहीले मेरो पसलमा आएर रुने, अशुभ भयो मेरो व्यापार भनि कपडा नाप्ने मिटरले टाउकोमा हिर्काएपछि वुढा घाईते भई पसल भित्रै ढल्न पुगेकी थिईन् । वेहोस भई लडेकी वुढालाई स्थानीयले जिल्ला स्वास्थ्य कार्यालयमा उपचारका लागि लगेका थिए । भात खाने चामल लिएर आउँछु भनेकी आमा घाईते भएर अस्पतालमा भएको सुन्दा उनका छोरा-छोरी रुदै अस्पताल पुगेका थिए । रातभर भोकभोकै भएका छोरा-छोरीले १६ गते विहान मात्र स्थानीयले किनिदिएको एक पोका चाउचाउ खाएका थिए । यत्ता पुतलालाई ठूलो चोट लागेको र यहाँ उपचार उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको उनका श्रीमान् मनवहादुर वुढाले वताए । पुतला दैनिक गिट्टी कुटेर छोरा,छोरी पाल्दै आएकी छन् । गिट्टी नकुटे उनको चुलो बल्दैन् । उनका श्रीमान मनवहादुर काठको काम गर्छन् । श्रीमती कुटिएको दिन मनवहादुर त्रिवेणी नलगाड नपा ३ स्थित टट्टा घरमा गएका थिए । आर्थिक अवस्था कम्जोर रहेका वुढा दम्पती दैनिक काम गरेर परिवार पाल्दै आएका छन् । काम गरेको पैसा माग्दा उल्टै साहुद्धारा कुटिनुपर्ने अवस्था निन्दनिय भएको स्थानीयको भनाई छ । पुतलाको उपचारका लागि अहिले आर्थिक अभाव समेत भएको छ । पुतलाको टाउको,ढाडमा गहिरो चोट लागेको छ । उनका छोरा छोरी अहिले अर्काको शरणमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप