मस्र्याङ्दी गाउँकार्यपालिका निर्विरोध
शुक्रबार, १९ जेठ २०७४, ०८ : १९
लमजुङ १९ जेठ - उत्तरी लमजुङको मस्र्याङ्दी गाउँकार्यपालिका सदस्यमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट दुईजना दलित वा अल्पसङ्ख्यक र चारजना महिला गरी छजना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
महिला सदस्यमा नेकपा माओवादी केन्द्रका अनिता विक र नेकपा एमालेबाट चौतरी तामाङ, डिलकुमारी थापा र पारकाशी गुरुङ निर्वाचित भएका हुन् । यस्तै, दलित वा अल्पसङ्ख्यकबाट नेकपा माआवादी केन्द्रका कृष्णबहादुर विक र नेकपा एमालेका नन्दराम विक निर्वाचित भएका छन् ।
उम्मेदवार मनोनयनका क्रममा नेपाली काँग्रेसलगायत अन्य पार्टीले उम्मेदवारी दर्ता नगरेपछि निर्वाचन अधिकृतले छजनालाई निर्विरोध निर्वाचित घोषणा गरेका हुन् । जिल्लाका अन्य स्थानीय तहमा आज कार्यपालिका सदस्यका लागि निर्वाचन हुँदैछ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण